|

काठमाडौं : नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई प्रधानमन्त्रीले विश्वासको मत माग्दा वेल घेरेर नाराबाजी गर्नु अर्थपूर्ण हो कि होइन भनेर प्रश्न गरेकी छिन्।

सोमवार प्रतिनिधिसभा बैठकपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्रीले विश्वासको मत लिनु स्वभाविक भएको बताइन्। उनले संसदभित्र प्रक्रिया मिलेर नै आफूहरूले विश्वासको मत दिएको बताइन्। उनले प्रतिपक्ष दलहरूले प्रधानमन्त्रीले विश्वासको मत लिनुको अर्थ नभएको टिप्पणी गरिरहेको सन्दर्भमा नेपाली कांग्रेसले नाराबाजी गर्नु अर्थपूर्ण हो त भनि प्रश्न गरिन्।

उनले भनिन्, ‘सम्मानित सदनभित्र प्रक्रिया मिलेर नै विश्वासको मत दिइएको छ। विपक्षी दलले अर्थ छैन भनेर भनिरहँदा र रोष्ट्रममा बसेर प्रधानमन्त्रीले विश्वासको मत मागिरहँदा उहाँहरू वेल घेरेर नाराबाजी गरिरहने कुरा अर्थपूर्ण हो कि होइन?’

यसअघि पनि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको नागरिक उन्मुक्ति पार्टीले आफ्नो विश्वासको मतलाई निरन्तरता दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.