|

काठमाडौं : नेपाली सेनाले सिन्धुपाल्चोक हेलम्बु, पाचपोखरी थाङ्गपाल र जुगल गाँउपालिकामा यही असारको पहिलो साता गएको बाढी पहिरो पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति सङ्कलित राहत सामग्री ढुवानी गरेको छ। 

उक्त बाढीका कारण सडक तथा पुल क्षति भई सडक सञ्जाल बिच्छेद भएपछि सेनाले हेलिकप्टरमार्फत सङ्कलित सामग्री स्थानीय जनप्रतिनिधिलाई हस्तान्तरण गरेको हो।

पाँचपोखरी थाङ्गपाल गाँउपालिका–३ सुनचौर जस्तापाता ५२ बण्डल, मेलम्ची घ्याङमा जेनेरेटर इन्धन र ३५० लिटर डिजेल तथा दुई हजार ८०० केजी खाद्यान्न ढुवानी गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।  त्यस्तै तेम्बाथानमा एक हजार ६०० केजी खाद्यान्न र औषधिलगायत मेडिकल सामान ढुवानी गरेको जानकारी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.