|

डडेल्धुराः डडेल्धुरामा कोरोना संक्रमण नियन्त्रण गर्न ‘नेपाल मास्क’ अभियान शनिबारदेखि सुरु भएको छ। मास्क लगाउने उपाय र मास्कको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले थालिएको अभियान अन्तर्गत मास्क वितरण गरिएको छ।

अभियानको जिल्ला सदरमुकाम बागबजारमा शनिबार औपचारिक उद्घाटन गरी सुरुवात गरिएको छ। अभियानमा दैनिकरूपमा जनचेतनामूलक सामग्रीहरुको उत्पादन, प्रसारण जनचेतनामूलक विभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाइने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

अभियान २९ गतेसम्म सञ्चालन हुनेछ। स्वास्थ्य मापदण्ड पालनामा कडाई गर्न ‘म पनि मास्क लगाउँछु, अरुलाई पनि लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली’ भन्ने नारासहित अभियान सुरु गरिएको जिल्ला स्वास्थ्य प्रमुख आशुतोष श्रेष्ठले बताए।

बसपार्क बागबजारदेखि कीर्तिपुरसम्म सबैलाई सचेत गराउँदै मास्कसमेत वितरण गरिएको छ। प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरे, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधिहरूले मास्क वितरण गरेका थिए। कोरोना संक्रमण नियन्त्रण गराउन मास्क नै प्रमुख उपाय हो। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.