|

चितवन : भरतपुर विमानस्थलको विशिष्ट कक्षमा आगलागी भएको छ। शनिबार बिहान पौने ७ बजे विद्युत् चुहावट भएर आगलागी भएको विमानस्थलले जनाएको छ।

विमानस्थलका सूचना अधिकारी पुष्कलराज शर्माका अनुसार विशिष्ट कक्षमा भएको लागलागी ७ बजे नियन्त्रणमा आएको हो। त्यही रहेका अग्निनियन्त्रक साधनले आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए।

आगलागीबाट विशिष्ट कक्ष पूर्णरुपमा क्षति भएको शर्माले बताए। क्षतिको विवरण भने केन्द्रीय कार्यालयबाट प्राविधिक समूह आएर हेरेपछि मात्र भन्न सकिने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.