|

सर्लाही : सर्लाहीको लालबन्दी–१७, रानीगन्जमा तीन दिनदेखि बेपत्ता युवती मंगलबार राति मृत भेटिएपछि उनका परिवार र आफन्तले बुधबार दिउँसो पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् ।

उनीहरूले इलाका प्रहरी कार्यालय लालबन्दी अगाडि राजमार्ग अवरुद्ध गरेका हुन्। किशोरीलाई बलात्कार गरी हत्या गरिएको दाबी गर्दै उनीहरूले दोषीलाई कारबाहीको माग गरेका छन्।

आक्रोशित स्थानीयले मध्यान्ह १२ बजेदेखि नाराबाजीसहित टायर बालेर राजमार्ग अवरुद्ध गरिरहेका छन्।

रानीगन्ज डाँडाटोलका राजन भुजेलकी १६ वर्षीया छोरी प्रिंयका साउन ३१ गते राति बेपत्ता भएकी थिइन्। उनको शव घरभन्दा करिब ३ किलोमिटर टाढा लालबन्दी–६ स्थित कालिन्जोर खोलामा भेटिएको थियो।

प्रियंकाको मृत्यु शंकास्पद देखिएको भन्दै दुई युवकलाई नियन्त्रणमा लिइसकेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.