|

काठमाडौं : अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्ना सबै नागरिकको उद्धार नगरुञ्जेल अमेरिकी सेना अफगानिस्तानमै रहने बताएका छन्।  

अमेरिकाले हालसम्म आफ्ना कुटनीतिक कर्मचारीसहित ५ हजार नागरिकको उद्धार गरिसकेको छ। अमेरिकी रक्षामन्त्री लयोड अस्टिनले अमेरिकी नागरिकको उद्धार लक्ष्य पूरा नहोउन्जेल अमेरिकी सेना काबुल अन्तर्राष्ट्रिय विमानस्थलमै रहने उल्लेख गरे। उनले सेनाले काबुल विमानस्थलको सुरक्षा गर्ने तर कसैलाई तर्साउनका लागि हतियारको प्रयोग भने नगर्ने बताए।

साथै जोखिममा रहेका अफगानी नागरिकको सुरक्षाका लागि अमेरिकी सेना केही समय काबुलमा रहे पनि अगष्टको अन्त्यसम्ममा फिर्ता भइसक्ने उल्लेख गरेको अलजजीराले जनाएको छ। 

अफगानिस्तान मिसनमा रहेको अमेरिकी सेना फिर्ता हुँदै गर्दा काबुल तालिबानको कब्जामा गएपछि अमेरिकाले पुनः झण्डै ५ हजार सैनिक अफगानिस्तान पठाएको थियो। यसैबीच हिजो काबुल पूर्वको जलालाबाद शहरमा तालिबानविरुद्ध भएका प्रदर्शनमा तालिबान लडाकुले गोली चलाएका छन्। प्रदर्शनकारीले जलालाबादमा तालिबानको झण्डा हटाएर अफगानिस्तानको झण्डा राख्न खोज्दा भएको गोली प्रहारमा कम्तीमा ३ जनाको मृत्यु भएको थियो।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.