|

जनकपुरधाम : सर्वोच्च अदालतले प्रदेश २ सरकारद्वारा संघीय सरकार विरुद्ध दायर गरेका विभिन्न मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ।

सर्वोच्चको संवैधानिक इजलासमा प्रदेश सरकारले प्रहरी समायोजन, कर्मचारी समायोजन, फौजदारी मुद्दाको क्षेत्राधिकार र भूमिगत सिँचाइ कार्यालय हस्तान्तरण सम्बन्धमा संघीय सरकारविरुद्ध मुद्दा दायर गरेको थियो। यिनै मुद्दामा सर्वोच्चले संघीय सरकारको नाममा कारण देखाऊ आदेश दिएको हो।

करिब एक वर्षपछि पालो आएको सुनुवाइमा सर्वोच्चले शुक्रबार संघीय सरकारलाई कारण देखाऊ आदेश जारी गरेको प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले जानकारी दिए। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारे उल्लेख गरेका छन्।

प्रदेश २ सरकारले अधिकार क्षेत्रसम्बन्धी विवादमा ०७७ भदौ २० गते, ३० गते र मंसिर १८ गते गरी ३ चरणमा संघीय सरकारविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.