|

काठमाडौं : अफगानिस्तानबाट शुक्रबार १ सय ६५ नेपाली स्वदेश फर्कका छन्। उनीहरू जजिरा एयरको कुवेत–काठमाडौं उडानबाट आएका हुन्।

परराष्ट्र मन्त्रालयले अहिलेसम्म ४ सय ६१ जना अफगानिस्तानबाट काठमाडौं आइपुगेका र ९ जना भने शुक्रबार राति आइपुग्ने जनाएको छ। स्वदेश फर्केकामध्ये धेरैजसो काबुलस्थित विभिन्न कूटनीतिक नियोगमा कार्यरत र केही अन्य अनौपचारिक क्षेत्रमा काम गरिरहेकाहरू छन्।

काठमाडौं आएकालाई अध्यागमन लगायतका प्रक्रिया पूरा गरी कोभिड संकट व्यवस्थापन केन्द्रको समन्वयमा सामाखुसीस्थित ‘होल्डिङ सेन्टर’मा कोरोना परीक्षणसमेत गरिसकेको मन्त्रालयले जनाएको छ।

कन्सुलर सेवा विभागको 'वेब पोर्टलमा' शुक्रबार बेलुकी ५ बजेसम्म ३ सय १० नेपालीले आफ्नो विवरण दर्ता गराएको मन्त्रालयका मध्य एशिया, पश्चिम एशिया तथा अफ्रिका महाशाखाका प्रमुख हरिश्चन्द्र घिमिरेले जानकारी दिए। घिमिरे अफगानिस्तानमा फसेका नेपालीलाई सकुशल स्वदेश फिर्तीको प्रभावकारी व्यवस्था गर्न  सरकारले गठन गरेको उद्धार कार्यदलका संयोजक हुन्।

उनले कन्सुलर सेवा विभागको वेबसाइटमा दर्ता भएका, नयाँ दिल्लीस्थित नेपाली दूतावासको विवरण अनुसार नेपालीसँग सम्पर्क गरी सूची तयार गरेर मित्रराष्ट्रहरूलाई उपलब्ध गराउने बताए। काबुलबाट मित्रराष्ट्रहरूले नै नेपालीको उद्धार गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.