|

काठमाडौं : लुम्बिनी प्रदेशको प्रदेशसभाको बैठक आज पनि बोलाइएको छ।  नेकपा एमालेको अवरोधका कारण पटकपटक स्थगित भएको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको हो। 

एमालेले प्रदेशसभाका दुई सांसद अजय शाही र विमला खत्री वलीलाई कारबाही नगरेसम्म संसद चल्न नदिने भन्दै बैठक अवरोध गर्दै आएको छ। एमालेकै अवरोधका कारण आजको बैठक पनि कार्यसूचीमा प्रवेश गर्ने सम्भावना न्यून छ।  एमालेले विना विभागीय मन्त्री शाही र सांसद वलीलाई पार्टीको ह्वीप, विधान र आचारसंहिता उल्लंघन गरेको भन्दै पदमुक्त गर्न  प्रदेशसभामा पत्र दर्ता गराएपनि उसले अश्वीकार गरेको छ।  प्रदेशसभा सचिवालयले पदमुक्त गर्न नमिल्ने भनेपछि एमाले झन आक्रोशित छ।

उसले संसदबाटै सभामुखलाई प्रदेशसभा बैठकबाटै ठेगान लगाउने चेतावनी दिएको छ।  प्रदेशसभा बैठक संचालन हुन नसक्दा नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पनि लिन पाएका छैनन्।  

एमालेको अवरोधकै बीच आजका लागि बोलाइएको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कृष्णध्वज खड्काले अर्थ र विनियोजन विद्येयक निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तय गरिएको संसद सचिवालयकी सहप्रवक्ता एवम् सूचना अधिकारी विमला पौडेलले जानकारी दिइन्। 

यस्तै मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम सुधारसम्बन्धी विद्येयक प्रस्तुत गर्ने कार्यसूची तय गरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.