|

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम लगातार तेस्रो जित निकालेको छ।

आइतबार भएको खेलमा वाट्फोर्डलाई १-० गोल अन्तरले पराजित गर्दै टोटनह्यामले तेस्रो जित निकालेको हो।  

घरेलु मैदानमा टोटनह्यामलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे। सनले खेलको ४२ औं मिनेटमा फ्रिकिकबाट गोल गरेका थिए। यस जितसँगै टोटनह्याम लिगको शीर्ष स्थानमा उक्लिएको छ।

उसलेले ३ खेलमा शतप्रतिशत जितसहित ९ अंक जोडेको छ। वाट्फोर्डले ३ खेलमा ३ अंक जोडेको छ।

गएराति नै भएको अर्को खेलमा  म्यानचेस्टर युनाईटेडले उल्भ्समाथि १-० गोलको जीत निकालेको छ। ​ उल्भ्सको मैदानमा युनाईटेडलाई जित दिलाउन मासन ग्रीनउडले निर्णायक गोल गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.