|

काठमाडौं : काठमाडौं उपत्यकामा यो वर्षकै धेरै पानी परेको छ। 

गएराति २ बजेदेखि निरन्तर भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार ६ घण्टामा १ सय ५ मिलिमिटर वर्षा मापन भएको छ। भारी वर्षापछि उपत्यका जलमग्न भएको छ। बागमती, धोबी खोला, मनोहरालगायत उपत्यकाका साना ठूला नदी खोलामा बाढी आएको छ। खोलाको तटीय क्षेत्रका बस्तीमा बाढी पसेपछि मानिसहरुको बिचल्ली भएको छ । प्रहरीका अनुसार बल्खु, कालीमाटी, कुलेश्वर, कोटेश्वर, शंखमुल, कपन, बालाजुलगायतका क्षेत्र डुबानमा परेका छन्। 

हालसम्म बाढीले झण्डै ४ सय घर डुबानमा परेको र करिब डेढ सय जनालाई उद्धार गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले जानकारी दिए। उनका अनुसार अहिलेसम्म मानवीय क्षतिको खबर छैन। 

उत्तर पश्चिम बंगालको खाडीमा अवस्थित न्युन चापीय क्षेत्रको प्रभावका कारण भइरहेको वर्षा दिउँसो केहि कम भएपनि भोलिबाट मात्रै मौसममा सुधार आउने अनुमान गरिएको मौसमविद् मीनप्रसाद अर्यालले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.