|

झापा : जिल्लाको शिवसताक्षीमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या भएको छ।

प्रहरीले हत्यामा संलग्नमा शिवसताक्षी नगरपालिका–३ को मानेचोक निवासी ३४ वर्षीय देवबहादुर मिस्त्रीलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्रहरीका अनुसार शिवसताक्षी–३ निवासी कुमार लिम्बूकी ३७ वर्षीया पत्नी सुषमालाई मिस्त्रीले फलामको बिँड भएको धारिलो बाम्फोकले टाउको र अनुहारमा प्रहार गरेका थिए। घटना भदौ २८ गते सोमबार बिहान ११ बजेको हो।

छिमेकी मिस्त्रीको बाम्फोक प्रहारबाट घाइते सुषमालाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बि एण्ड सी अस्पताल लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नोबेल हस्पिटल विराटनगर पठाइएको थियो। उनको उपचारको क्रममा शुक्रबार साँझ ६ बजे मृत्यु भएको डिएसपी थापाले बताए।

पक्राउ परेका मिस्त्रीलाई झापा जिल्ला अदालत भद्रपुरबाट ज्यान मार्ने उद्योगमा ७ दिनको म्याद थपेर इलाका प्रहरी कार्यालय झिलझिलेमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

लिम्बू र मिस्त्रीका परिवार अरू जमिन अधियाँमा लिई खेतीपाती गरी परिवारको गुजारा चलाउँदै आएका थिए। घटनाअघि उनीहरूबीच पारिवारिक दुस्मनी पनि केही नभएको स्थानीयले बताएका छन्। सुषमाका पति वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.