|

काठमाडौं : आज ३१ औं अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र जेष्ठ नागरिक महासंघको संयुक्त आयोजना बिहान साढे ९ बजेदेखि भर्चुअल कार्यक्रम हुने मन्त्रालयका सुचना अधिकारी निराजन घिमिरेले जानकारी दिए।

यस वर्षको ज्येष्ठ नागरिक दिवसको नारा ‘सबै उमेर समूहका लागि विद्युतीय प्रविधिको प्रयोगमा समानता’ भन्ने तय गरिएको छ। संयुक्त राष्ट्र संघको आह्वानमा सन् १९९० देखि अक्टोबर १ लाई संसारभर नै अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसका रुपमा मनाउने गरिन्छ। ज्येष्ठ नागरिकहरुलाई सम्मान र अधिकारमा पुहँच पुर्याउने उद्देश्यसाथ विश्वभर यो दिवस मनाइन्छ। 

नेपालमा डेढ दशकदेखि ज्येष्ठ नागरिक दिवस मनाउन थालिएको हो। महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकाअनुसार पछिल्लो केही वर्षदेखि ज्येष्ठ नागरिकका हक अधिकारमा उल्लेख्य प्रगति हुँदै गएको छ। तर समाजमा जेष्ठ नागरिकलाई अपमान गर्ने घट्ना पनि बढिरहेका छन्। ज्येष्ठ नागरिकमाथि आपसी विश्वासघात, शारीरिक वा मनोवैज्ञानिक क्षति, आर्थिक बेवास्ता, यौनजन्य दुव्र्यवहार, बेवारिस पार्नु र अधिकारका लागि सडकमा उत्रन बाध्य हुनु प्रमुख समस्याका रूपमा देखिएको छ। 

सरकारले २०५१ सालमा मासिक १०० रुपैयाँबाट सुरु गरिएको ज्येष्ठ नागरिक भत्ता अहिले मासिक ४ हजार रुपैयाँ पुर्‍याइएको छ। ज्येष्ठ नागरिक परिचयपत्र वितरण गरी सार्वजनिक सवारीसाधनमा ज्येष्ठ नागरिकका लागि दुईवटा सिट आरक्षण गरिएको भाडामा ५० प्रतिशत छुट दिने व्यवस्था छ। अहिले नेपालको कुल जनसंख्याको करिब नौ प्रतिशत ज्येष्ठ नागरिक रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.