|

काठमाडौं : आजदेखि ललितपुरको गोदावरीमा आजदेखि सुरु हुने  नेकपा एमालेको विधान महाधिवेशनका लागि प्रतिनिधिहरू आउने क्रम सुरु भएकोछ। महाधिवेशनको अध्यक्ष केपी शर्मा ओलीले दिउँसो साढे १२ बजे उद्घाटन गर्ने कार्यक्रम छ। 

तीन दिनसम्म चल्ने महाधिवेशनको उद्घाटनसत्रपछि सुरु हुने बन्द सत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव इश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णु पौडेलले विधान प्रतिवेदन पेश गर्ने छन्। 

 ३ हजार सिट क्षमताको सम्मेलन केन्द्रमा ६ हजार प्रतिनिधि सहभागी हुने छन्। जसमध्येका ३ हजार जना मुल हलमा बस्ने छन्। बाँकी ३ हजारका लागि बस्न दाँया बायाँ र खाली ठाउँमा त्रिपाल टाँगेर बस्ने ठाउँ बनाइएको छ। 

सहभागीहरुलाई सम्मेलन केन्द्रमा नै खाना र खाजाको व्यवस्था गरिएको छ। जिल्ला सम्पर्क मञ्चहरुको समन्वयमा प्रतिनिधिहरुको बसोबासको व्यवस्था मिलाइएको एमाले नेता इन्द्र भण्डारीले बताए। 

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.