|

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिकाका–१ का वडाध्यक्ष मकरबहादुर गुरुङको निधन भएको छ। ५४ वर्षीय वडाध्यक्ष गुरुङको सोमबार (आज) बिहान मैकोटस्थित घरमा निधन भएको हो। ३ वर्षदेखि कलेजोसम्बन्धी रोगले ग्रस्त उनी दुई वर्षदेखि उपचारका क्रममा काठमाडौंमा थिए।

उपचार सम्भव नहुने भएपछि आइतबार मात्रै गुरुङलाई घर पुर्‍याइएको थियो। घर पुर्‍याएपछि उनको निधन भएको कार्यवाहक वडाध्यक्ष मग कामीले जानकारी दिए। मृतक गुरुङका श्रीमती, २ छोरा र १ छोरी छन्।

उनी जनयुद्धकालमा जनमुक्ति सेनाको ब्रिगेड सहकमाण्डरसम्म भएका थिए। गुरुङ नेकपा माओवादी केन्द्रका जिल्ला समन्वय समिति सचिवालयका वरिष्ठ सदस्य हुन्। 

सेना समायोजनको क्रममा उनले स्वैच्छिक अवकाश रोजेका थिए। २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा गुरुङ नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।

जनप्रिय र इमानदार कम्युनिस्ट पार्टीका नेता वडाध्यक्ष गुरुङको निधनले पार्टीलाई क्षति पुर्‍याएको नेकपा माओवादी केन्द्र रुकुमपूर्वका इन्चार्ज तेजबहादुर ओलीले दुःख व्यक्त गरेका छन्। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.