|
फाइल तस्बिर

काठमाडौं : सवारीचालक अनुमतिपत्रको अनलाइन आवेदन बन्द भएको छ। बिहीबार यातायात व्यवस्था विभागले सूचना जारी गर्दै प्राविधिक समस्या देखिएकाले मर्मत गर्न बन्द भएको जनाएको हो।

अनलाइन प्रणाली मर्मत भइरहेको र बनिसकेपछि फेरि अनलाइन आवेदन खोल्ने विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए। कोरोनाका कारण बन्द भएको अनलाइन आवेदन मंगलबार खुलेको थियो।

नेपालमा कोरोना संक्रमणको दोस्रो लहर फैलिएपछि विभागले गत वैशाख १६ देखि नै अनलाइन तथा भौतिक उपस्थितिमा दिइने आवेदन बन्द गरेको थियो। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.