|

हेटौंडा : हेटौंडा उपमहानगरपालिका-१५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत हेटौंडा-१५ वन कार्यालयको ढाटनजिक बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको हो।

बिहीबार साँझ नारायणघाटबाट वीरगन्जतर्फ जाँदै गरेको ना ८ ख १२४८ नम्बरको बसमा विपरीत दिशाबाट आउँदै गरेको बा ७८ प ९९३३ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ठोक्किँदा मोटरसाइकल चालक र मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए।

घाइतेमध्ये एक जनाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।

अन्दाजी २०/२१ वर्षीय पुरुषको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको र हालसम्म सनाखत हुन नसकेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

घाइते अर्को व्यक्तिको हेटौंडा अस्पतालमा उपचार भइरहेको पनि उनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.