|

काठमाडौं : टी–ट्वेन्टी विश्वकप क्रिकेटका सेमिफाइनलका खेल भोलि र पर्सि हुने भएका छन्।  समूह चरणका खेल गएराति सकिएसँगै अब भोलि र पर्सि सेमिफाइनलका खेल हुने भएका हुन्। 

भोलि राति पौने ८ बजे अबुधाबीमा हुने पहिलो सेमीफाइनल खेलमा इङल्याण्ड र न्यूजिल्याण्ड भिड्नेछन्। त्यस्तै पर्सि राति दुबईमा हुने खेलमा अस्ट्रेलिया र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ। 

आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकप क्रिकेटको उपाधि भिडन्त भने १४ नोभेम्बरमा अबुधाबीमा हुनेछ। 

यसअघि गएराति समूह दुईको भारत र नामिबियाबीचको खेलसँगै समूह चरणका खेल सकिएका छन्। अन्तिम खेलमा भारतले नामिबियालाई ९ विकेटले पराजित गरेको छ । समूह चरणबाटै बाहिरिसकेको भारतले नामिबियामाथि प्रभावशाली जित निकालेको हो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.