|
फाइल तस्वीर

दैलेख : जिल्लाको आठविस नगरपालिका–७ खड्कावालाकी ३४ वर्षीया गर्भवती रूपा कठायतको रक्तस्रावपछि उपचारका लागि हेलिकप्टरबाट उद्धार गरिएको छ। 

रक्तस्रावपछि स्थानीय स्वास्थ्य चौकीमा उपचार सम्भव नभएकाले बिरामीलाई थप उपचारका लागि राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरी हेलिकप्टरबाट सुर्खेत पठाइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए।

हेलिकप्टरबाट उद्धार गरिएकी रुपाको प्रदेश अस्पतालमा सुर्खेतमा उपचार भइरहेको र अहिले उनको स्वास्थ्य सामान्य रहेको जानकारी पाएको आठविस नगरपालिका–६ मा रहेको सिंहासैन स्वास्थ्य चौकीका अहेव विनोदकुमार कठायतले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.