|

डडेल्धुरा : टी–२० सिरिजको पहिलो म्याचमा नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले कतारलाई १ सय ४७ रनको लक्ष्य दिएको छ।

दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनायो।

नेपाली टोलीले टी–२० अन्तरराष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो।

यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रन बनाएको थियो।

नेपालका लागि इन्दु वर्माले अर्धशतकीय पारी खेलिन्।

उनले ४७ बलमा ५ चौकाको मद्दतमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन्।

टी–२० अन्तरराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो।

यस्तै, सीता रानामगरले ३३ बलमा ४ चौकासहित ३९, सरिता मगरले २१ रन बनाउँदा कविता कुँवर ८ रनमा नटआउट रहे।

काजल श्रेष्ठ ३ र कप्तान रुविना क्षत्री शून्य रनमा आउट भए।

बलिङमा एन्जेलिन मारे र सबिजा पाणयनले १/१ विकेट लिए। 

नेपाल र कतार पहिलोपटक टी–२० अन्तरराष्ट्रिय सिरिज खेलिरहेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.