काठमाडौं : नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर चितवन पुगेका छन्।
अध्यक्ष ठाकुर बुद्ध एयरको विमानबाट बिहीबार नै चितवन पुगेका हुन्।
एमाले महाधिवेशनमा प्रमुख सातवटा राजनीतिक दललाई आमन्त्रण गरिएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेता उपेन्द्र यादव, राप्रपा अध्यक्ष कमल थापा, जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले महाधिवेशनमा शुभकामना मन्तव्य दिने तय भइसकेको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताए।
तर, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने नआउने कुनै जानकारी नभएको उनले बताए।
उनले भने, ‘प्रचण्डजीलाई पनि हामीले आमन्त्रण गरेका छौँ। उहाँ पनि शुभकामना दिन आउनुहुन्छ भन्ने अपेक्षा गरेका छौँ।’
यता, एमालेबाट विद्रोह गरेर गठन गरेको माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीलाई भने महाधिवेशनमा बोलाइएको छैन।
तपाईंको ईमेल गोप्य राखिनेछ ।