|

काठमाडौं : पुनर्निर्माणसम्बन्धी अन्तराष्ट्रिय सम्मेलन आजबाट सुरु भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आयोजना गरेको सम्मेलन यही मंसिर २३ गतेसम्म हायत होटलमा हुदै छ।

प्राधिकरणका सह-प्रवक्ता मनोहर घिमिरेले भूकम्पपछिको पुनर्निर्माण तथा पुर्नस्थापना कार्यमा प्राप्त भएका सिकाइ र अनुभवबारे जानकारी प्रदान गर्ने उदेश्यले यो सम्मेलनको आयोजना सुरु गरेको बताए।

उनका अनुसार सम्मेलन आजबाट सुरु भएपनि यसको औपचारिक उद्घाटन बुधबार(भोलि) राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम छ। सम्मेलनका लागि अमेरिका,भारत र न्युजिल्यान्डबाट विज्ञ आइसकेका छन्। ‘कोभिडका कारण अन्य देशका विज्ञहरु जुमबाट सहभागी हुनुहुने छन,’उनले भने।

प्राधिकरणका अनुसार २०७२ साल पुस १० गते क्षति भएका संरचना पुनर्निर्माणका लागि प्राधिकरणको स्थापना भएको थियो। यस अवधिमा पुनर्निर्माण र पुनर्स्थापनाका महत्वपूर्ण कामहरु सम्पन्न गरी सरकारको निर्णयअनुसार म्याद सकिएकाले बाँकी रहेका कार्यहरु सम्बन्धित निकायहरूलाई हस्तान्तरण गरिसकेको प्राधिकरणका सचिव सुशीलचन्द्र तिवारीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.