|

दैलेख : दैलेख प्रहरीले शंकास्पद खैरो हिरोइनसहित २ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दैलेखको नारायण नगरपालिका-९ साडु बस्ने २५ वर्षीय टोपेन्द्र रावत र भगवतीमाई गाउँपालिका-१ बस्ने विनय थापा रहेका दैलेख प्रहरीले जनाएको छ। विनय थापा दैलेखको भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाका छोरा हुन्। 

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहका अनुसार नारायण नगरपालिका पुरानो बजार क्षेत्रमा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले उनीहरूको साथबाट २ सय ३८ ग्राम खैरो हिरोइनजस्तो देखिने धुलो पदार्थ बरामद गरेको जनाए। 

पक्राउ परेकाहरूको जिल्ला अदालत दैलेखबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.