|

पाहुना टोलि इंग्ल्यान्डलाई ९ विकेटले पराजित गर्दै घरेलु टोली अष्ट्रेलियाले एसेस सिरिजमा विजयी सुरुवात गरेको छ। ५ खेलको सिरिजको पहिलो खेलमा प्रभावसालि जित निकाल्ने क्रममा अष्ट्रेलिया चौथो दिन उत्कृष्ट प्रदर्शन गर्न सफल भयो। जितसँगै सिरिजमा अस्ट्रेलियाले १-० को अग्रता बनायो।  

बृसबेनमा भएको पहिलो टेष्टमा घरेलु टोली अष्ट्रेलियाले इंग्ल्यान्डमाथि फराकिलो जित निकाल्दा इंग्ल्यान्डले अष्ट्रेलियासामु केवल २० रनको विजयी लक्ष्य दिएको थियो। उक्त  लक्ष्य केवल ५.१ ओभरमा १ विकेट गुमाएर पुरा गर्‍यो। ९ विकेटको जितसँगै सिरिजमा अष्ट्रेलियाले १-० को अग्रता बनाउन सफल भयो।

चौथो दिन इंग्ल्यान्डले अस्ट्रेलियालाई जितका लागि २० रनको लक्ष्य दिएको थियो। दोस्रो इनिङको चौंथो दिन इंग्ल्यान्ड लगालग विकेट पतनको सिकार भयो।

गावा टेस्टमा इंग्ल्यान्ड दोस्रो इनिङमा २९७ रनमा अलआउट भयो। त्यसअघि पहिलो इनिङमा इंग्ल्यान्ड १४७ रनमा समेटिएको थियो। जवाफमा पहिलो इनिङमा अष्ट्रेलिया ४२५ रनमा समेटिएको थियो। दोस्रो इनिङमा इंग्ल्यान्डले तेस्रो दिनको खेलको समाप्तिमा २ विकेट गुमाएर २२० रन बनाउँदै राम्रो सुरुवात गरे पनि चौंथो दिन थप ७७ रन जोड्दा बाँकी ८ विकेट गुमाएको थियो।

इंग्ल्यान्डका लागि कप्तान जो रुट र डेभिड मलानले उत्कृष्ट प्रदर्शन गर्दै तेस्रो दिन अविजित फर्किए। तर मलान चौथो दिन थप २ रन जोड्दा नाथन लियोनको बलमा आउट भए। त्यस्तै रुट पनि ३ रन जोड्दा क्यामरुन ग्रिनबाट आउट भए। त्यसपछि कुनैपनि ब्याटरहरु गतिलो सँग चल्न सकेनन्। जसले गर्दा उसले २० रनको मात्र लक्ष्य दिन सफल भयो।

सामान्य स्कोर अष्ट्रेलियाले सहज रुपम पूरा गर्‍यो। उसका लागि मार्कुस हेरिसले ९ रन बनाएर अविजित रहँदा ओपनर एलेक्स क्यारि ९ रनमा आउट भए। अष्ट्रेलियाले २ रन अतिरिक्त रनका रुपमा प्राप्त गरेको थियो। मार्नुस लबुसेन क्रिजमा आएपनि उनले १ बल पनि फेस गर्नुपरेन।

इंग्ल्यान्डका लागि दोस्रो इनिङमा ओपनर हसिब हमिदलाई २७ तथा रोरि बर्नसलाई १३ रन बनाएर आउट भए। त्यसपछि क्रिजमा आएका डेभिड मलान र जो रुटले तेस्रो विकेटका लागि राम्रो साझेदारी गरे। मलान ८२ रनमा आउट हुँदा रुट ८९ रनमा आउट भए। यि दुईले तेस्रो विकेटका लागि १६२ रनको साझेदारी गरेका थिए। अस्ट्रेलियाका लागि नाथन लियोनले ४ विकेट लिए। उनले ४०० औ टेस्ट विकेटसमेत पूरा गरे।

त्यसअघि अस्ट्रेलियाले पहिलो इनिङमा उच्च स्कोर बनाउने क्रममा उसका लागि ट्राभिस हेडले १५२ रनको सानदार इनिङ खेले। त्यसअघि ओपनर डेभिड वार्नरले ९४ रन बनाउँदा मार्नुस लाबुसेनले ७४ रन बनाएका थिए। इंग्ल्यान्डका ओली रोविन्सन र मार्क उडले समान ३-३ विकेट लिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.