|

काठमाडौं : भन्सार विभागले लिने भन्सार एजेन्टको परीक्षा तत्काल लिन परीक्षार्थीले माग गरेका छन्।

२०७७ चैत १६ गते भन्सार विभागले ६ सय ६० भन्सार एजेन्ट लोकसेवामार्फत खुला गरे पनि उक्त परीक्षा अहिलेसम्म नभएको भन्दै परीक्षार्थीले आइतबार भन्सार विभाग त्रिपुरेश्वरमा धर्ना दिएका हुन्। 

भन्सार विभागले विभिन्न बहाना बनाएर परीक्षा रोक्न खोजेको भन्दै चाँडै परीक्षा मिति तोक्न अनुरोध गर्दै विरोध कार्यक्रम गरिएको परीक्षार्थी भोलानाथ अर्यालले बताए।

‘कोरोनाका कारण रोकिएको आयोगका अन्य परीक्षा सुरु भए तर भन्सार एजेन्टको परीक्षा भने अहिलेसम्म हुन नसक्नु दुःखद हो’, उनले भने।

विभागका अनुसार भन्सार एजेन्टका लागि ६ सय ६० पदका लागि नौ हजारभन्दा बढी प्रशिक्षार्थीको आवेदन परेको छ।

विभागले भने परीक्षाका लागि आन्तरिक तयारी अगाडि बढाइसकेकाले अब चाँडै परीक्षाको कार्यक्रम हुने जनाएको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.