'अबका तीनवटै चुनाव कांग्रेसले एक्लै लड्छ'

|
फाइल फोटो

काठमाडौं : नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाले सभापतिले एकलौटी गरे पार्टीमा दुर्घटना हुनसक्ने चेतावनी दिएका छन्। 

आफ्नो पक्षको भेलाअघि संचारकर्मीसँग बोल्दै कोइरालाले सभापतिको 'लाइक' र 'डिस्लाइक'बाट व्यक्तिको छनौट भए पार्टीमा दुर्घटना हुन सक्ने बताएका हुन्।

‘पार्टीमा सभापतिज्यूले केही साथीहरुलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुभएको छ। सबै योग्य र सक्षम हुनुहुन्छ।’ उनले भने, ‘तर के मापदण्ड बनाएर यो काम गर्नुभएको हो? हामी जान्न चाहन्छौं। ’

पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी रहेको भन्दै उनले नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भन्ने प्रश्न उठ्न सक्ने बताए। 

‘पार्टीमा काम गर्ने निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्तालाई पाखा लगाउने कामका विरुद्ध डटेर आवाज उठाइरहनुपर्ने आवश्यकता देखेको छु ।  कोइरालाले भने, विधि र विधानबाहिर गएर गरिने सबै कार्यहरु बन्द गर्न एक ढिक्का भएर प्रयत्न गर्नु जरुरी छ।’ 

पार्टी नेतृत्वको गतिविधि र निर्णयले निराशा पैदा भए आगामी निर्वाचनहरु कांग्रेसका लागि कठिन रहेको उनको तर्क छ । उनले अबका चुनावहरुमा कांग्रेस एक्लै लड्ने पनि बताए। 

'हालै मात्र हामीले राष्ट्रियसभाका उम्मेदवार चयन गर्‍यौं, अब तीनवटा निर्वाचन हामीहरूको सम्मुख छ।' कोइरालाले भने, 'नेपाली कांग्रेस एक्लै लड्छ र हामी विजय प्राप्त गर्छौं।'

अब कांग्रेस रुपान्तरणका लागि आफूहरु देशव्यापी अभियानमा जाने पनि उनले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.