|

काठमाडौं : सरकारले पूर्व प्रधानमन्त्री झलनाथ खनालसहितका व्यक्तिलाई उपचार खर्चको नाममा पैसा बाडेको छ। राज्यबाट आर्थिक सहयोग लिनेमा झलनाथ, पूर्वराष्ट्रपति डा. रामवरण यादव र बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्मालगायत छन्। 

अर्थ मन्त्रालयको प्रतिवेदन अनुसार  यो आर्थिक वर्षमा राज्यबाट उपचार खर्च लिनेमा सबैभन्दा बढी झलनाथ छन्। उनले ४८ लाख ५० हजार लिएका छन्। दिल्लीमा उपचार खर्चका लागि राज्यकोषबाट उनले सहयोग लिएका हुन्।

त्यस्तै, पूर्वराष्ट्रपति डा.रामवरणले  १० लाख रुपैयाँ आर्थिक सहयोग पाएका छन्। शर्माले उपचार र कुरुवा खर्च वापत एक लाख २९ हजार ६ सय बुझेका छन्। 

अर्थमन्त्रालयले मन्त्रिपरिषद्को निर्णय अनुसार उक्त आर्थिक सहयोग भुक्तानीका लागि विभिन्न मन्त्रालय र स्थानीय तहलाई समेत रकमान्तर गरेर भुक्तानी दिएको छ।

सर्वसाधारणहरूले पनि आर्थिक सहायता पाएका छन्। 

यी हुन् सहयाेग बुझ्नेहरू

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.