|

काठमाडौं : देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार  जनाको मृत्यु भएको छ। 

नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो पटक धादिङ, बारा र धनुषामा भएका दुर्घटनामा चार जनाको ज्यान गएको हो। 

धादिङ : गल्छी नगरपालिका–७ भल्टारस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सिद्धलेख गाउँपालिका(६ बस्ने ४५ वर्षीय महलाल श्रेष्ठको सोमबार राति मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको अम्बे भरोसा गल्छी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ। 

बारा : आदर्श कोटवाल गाउँपालिका–३ बतरास्थित सडकमा बिहेको चार पाङ्ग्रे रथ आफै अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा रथमा सवार २ जनाको घटनास्थलमै मृत्यु भएको छ। 

मृत्यु हुनेहरुमा सोही ठाउँ बस्ने १६ वर्षीया निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका–७ जानकीनगर बस्ने २३ वर्षीया सैलकुमारी राम रहेका छन्। साथै दुर्घटनामा घाइते भएका रथमा सवार १४ जनालाई उपचारको लागि कलैया पठाएकोमा ६ जनालाई थप उपचारको लागि वीरगंज न्यूरो अस्पताल रिफर गरिएको छ। हाल फरार रहेका रथ चालकको प्रहरीले खोजी गरिरहेको छ।

धनुषा : गणेशमान चारनाथ नगरपालिका–६ चारनाथ पूलस्थित सडकमा ना ७ ख ७४४३ नम्बरको बसको ठक्करबाट  पैदलयात्री सोही ठाउँ बस्ने ६५ वर्षीय राजेन्द्र प्रसाद जैसवालको सोमबार राति मृत्यु भएको छ। 

ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.