|

झापा : कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्रयाक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन्।

बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्रयाक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन्। घरअगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा  ट्रयाक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी हुन्।

उनलाई तत्काल उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएकोे थियो। उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.