|

काठमाडाैं : साेमबार बसेकाे मन्त्रिपरिषद्को बैठकले दूधको मूल्य बढाएको छ। बैठकले किसानले पाउने मूल्य बढाएको हो।

सरकारले दूधको मूल्य ६.५२ रूपैयाँ बढाउँदै प्रतिलिटर ५६.०४ रुपैयाँ कायम गरेको छ। यसअघि दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो।

किसानहरुले दुधको उत्पादन लागत बढेको भन्दै मूल्य बढाउन माग गर्दै आएका थिए। बैठकमा सहभागी एक मन्त्रीले दूध लिटरमा १३.१७ प्रतिशत अर्थात् ६.५२ रुपैयाँले वृद्धि गर्ने निर्णय भएकाे जानकारी दिए। उपभोक्ताका लागि प्रशोधित दूधको मूल्य दुग्ध विकास संस्थानले तय गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.