कान्तिपुर र नागरिक कम्युनिटी अस्पताल सील

|

भक्तपुर : काठमाडौं र भक्तपुरका निजी अस्पतालका कर्मचारीले नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने गरेको खुलासा भएको छ।

महानगरीय अपराध महाशाखाले विदेश जाने व्यक्तिहरूलाई प्रतिव्यक्ति १० हजार रुपैयाँ शुल्क लिएर नक्कली पिसिआर रिपोर्ट बनाएर बेच्ने अस्पतालका चारजना कर्मचारी पक्राउ गरेको जनाएको छ।

व्यक्तिको स्वाब संकलन र परीक्षण विना नै पिसिआर रिपोर्ट नेगेटिभ बनाइदिने तीनकुनेको कान्तिपुर र भक्तपुर गट्ठाघरको नागरिक कम्युनिटी टिचिङ अस्पताल प्रहरीले सील गरेको छ।

राष्ट्रिय प्रयोगशाला र प्रहरीको टोलीले दुबै अस्पताल सील गरेको हो।

महाशाखाका अनुसार दुई जना फरार भएका छन्। नागरिक कम्युनिटी टिचिङ हस्पिटलका कर्मचारी रोशनकुमार छिट्टान, ल्याब प्रबन्धक प्रसन्नकुमार झा, कान्तिपुर अस्पतालका नागेन्द्र यादव र माधव मैनाली पक्राउ परेका हुन्।

नक्कली पिसिआर रिपोर्ट बनाउन संलग्न दुवै अस्पतालका ल्याब सञ्चालक भावेश मिश्र र निर्मल गिरी तथा रिपोर्टमा दस्तखत गर्ने ल्याब चिकित्सकहरूको खोजी भइरहेको महाशाखाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए।

नागरिक अस्पताल व्यवस्थापनले भने अस्पतालमा पीसीआर ल्याबमा कार्यरत कर्मचारीबाट नक्कली काम भएको जानकारीमा आएपनि अस्पतालको संलग्नता नभएको र आफ्नो तर्फबाट पनि छानविन र अनुसन्धान भइरहेको बताएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.