|

काठमाडौं : कोरोनाका कारण पटक पटक प्रदर्शन मिति सार्नुपरेको नेपाली फिल्म म यस्तो गीत गाउँछु २ फागुन १३ देखि प्रदर्शनमा आउने भएको छ।

मंगलबार सामाजिक सञ्जालमार्फत फिल्मका निर्माता तथा निर्देशक सुदर्शन थापाले फिल्मको नयाँ प्रदर्शन मिति सार्वजनिक गरेका हुन्। 

'म यस्तो गीत गाउँछु २' सँगै सोही मितिमा प्रतीक्षित बलिउड फिल्म 'गंगुबाइ काठियावाडी' पनि प्रदर्शनमा आउँदै छ। शिवरात्रिको अवसर पारेर म यस्तो गीत गाउँछु २ प्रदर्शनमा आउन लागेको हो। 

२०७६ फागुन ३० देखि प्रदर्शनमा आउने तयारी रहेको फिल्म कोरोनाका कारण रोकिएको थियो। त्यसपछि गत माघ १९ लाई प्रदर्शन मिति तोकेको फिल्मलाई कोरोनाको तेस्रो लहरले असर गरेको थियो। 

पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्मको गीतलाई युट्युबमा दुई करोडभन्दा बढी पटक हेरिएको छ। पहिलो फिल्मले दर्शकको राम्रो साथ पाएका कारण यसको सिक्वेललाई पनि प्रतीक्षित फिल्मको रूपमा लिइएको छ। 

माघ ३ देखि बन्द रहेका फिल्म हल फागुन १ देखि पुनः खुल्दै छन्। हल खुलेसँगै यसअघि प्रदर्शनरत रहेका फिल्म 'कठपुतली' र 'चपली हाइट ३' पुनः प्रदर्शन हुनेछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.