|

जनकपुरधाम : बुद्ध एयरले फागुन १७ गतेदेखि जनकपुरधाम र धनगढीबाट पोखराको सीधा उडान भर्ने भएको छ।

शुरुमा सातामा ३ दिन र त्यसपछि यात्रुको मागअनुसार दैनिक उडान भर्ने योजना रहेको बुद्ध एयरका कम्युनिकेशन अधिकृत दीपेन्द्र कर्णले बताए।

कम्युनिकेशन अधिकृत कर्णका अनुसार जनकपुरधाम र पोखरा साताको ३ दिन सोमबार, बिहीबार र शनिबार र त्यसैगरी धनगढीबाट पोखरा आइतबार, बुधबार र शुक्रबारको उडान हुने जानकारी दिए।

यी दुई गन्तव्यका लागि बुद्ध एयरको भगिनी संस्था बुद्ध होलिडेजले आकर्षक प्याकेज पनि ल्याउन लागेको कर्णले बताए। 

सिधा उडानबाट अनावश्यक झन्झटमुक्त हुनुका साथै यात्रुको समय पनि बचत हुने जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.