|

काठमाडौं : सरकारले पशुपन्छीमा देखिने बर्डफ्लु रोग मानिसमा सर्ने भन्दै सचेत रहन सबै सर्वसाधारणलाई आग्रह गरेको छ। बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.संगीता कौशल मिश्रले कोरोना विवरणसम्बन्धी जानकारी दिँदै सचेत रहन आग्रह गरेकी हुन्।

कोरोना विवरणबारे जानकारी दिँदै उनले भनिन्,‘काठमाडौं जिल्लालगायत अन्य जिल्लामा बर्डफ्लु रोग पुष्टि भएको छ, यो रोग मानिसमा पनि संक्रमण सर्न सक्छ,त्यसैले सचेत रहन अनुरोध छ।’

उनका अनुसार यो रोगका उच्च ज्वारो आउने,खोकी लाग्ने,सास फेर्न समस्या हुने,बान्ता, निमोनिया जस्ता लक्षण देखा पर्छ। ‘यस्तो लक्षण देखा परेमा तुरुन्तै नजिकैको स्वास्थ्य कार्यालयमा जाऔँ,’उनले भनिन्। यो रोग संक्रमण हुनबाट बच्न सधै पशुपन्छी पालिएका ठाउँ सफा गर्न पनि उनले सुझाइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.