|
तस्वीर : निरन्जन साह

जनकपुरधाम : नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिले न्याय क्षेत्रमा भएको विकृति एवं विसंगति अन्त्य गर्न प्रधानन्यायाधीशमाथि महाभियोग लगाउनुपरेको बताएका छन्। जनकपुरधाममा बुधबार आयोजित कार्यकर्ता भेलामा उनले वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कांग्रेसका उम्मेदवारलाई वडादेखि पालिकासम्मै विजयी गराउन कार्यकर्तालाई पार्टीले अहिलेदेखि नै सक्रिय बनाउनुपर्ने बताए। 

एमसिसी देशको आर्थिक विकासका लागि अन्तरराष्ट्रिय महत्वपूर्ण सहयोग भएकाले सबै दल मिलेर संसदबाट पारित गर्नुपर्ने निधिको तर्क थियो। नेता निधिले एमसिसी पास भएपछि नेपालले पाउने अनुदान रकम ठूलो भएकाले नेपालको विकासमा महत्वपूर्ण योगदान हुने बताए। एमसिसी पास गर्दा मुलुकको कुनै अहित नहुने उनले दाबी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.