|

युरोपियन च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले क्वाटरफाइन सम्भावना बनियो बनाएको छ। च्याम्पियन्स लिगअन्तर्गत प्रि- क्वाटरफाइनलको पहिलो लेगमा इटालियन क्लब इन्टर मिलानलाई उसकै मैदानमा २-० ले पराजित गर्दै लिभरपुलले क्वाटरफाइनल यात्रा बलियो बनाएको हो।

घरेलु टोली इन्टर मिलानले अधिकांश समय लिभरपुललाई गोलरहित बराबरीमा रोके पनि अन्तिम १५ मिनेटभित्र लिभरपुल दुई गोल गर्न सफल भयो। सान सिरोमा घरेलु दर्शकलाई निरास पार्ने क्रममा फिरमिनोको गोलमार्फत लिभरपुलले अग्रता लियो। फिरमिनोले रोबर्टसनको कर्नरलाई हेडमार्फत सुरुवाती अग्रता दिलाएका थिए। दोस्रो गोल मोहम्मद सलाहको नाममा रह्यो। सलाहले ८३ औं मिनेटमा टिमको अग्रता दोब्बर बनाउँदै क्वाटरफाइनल सम्भावना बलियो बनाए।

अब लिभरपुलले घरेलु मैदानमा ९ मार्चमा इन्टरको सामना गर्ने छ। जहाँ लिभरपुल १-० ले पराजित भए पनि क्वाटरफाइनलमा प्रवेश गर्ने छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.