|
फाइल फोटो

काठमाडौं : पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज पहाडी भू-भागको केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै‚ उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने जनाइएको छ।

सोमवार बिहान प्रदेश १ लगायत देशको पहाडी भू-भागको मौसम सामान्य बदली रही बाँकी भू-भागमा भने सामान्यतः सफा रहेको छ। दिउँसो पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशको पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा मौसम सफा रहनेछ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.