|

काठमाडौं : नेपालले एएफसी एसियन कप २०२३ छनोटको तेस्रो चरणअन्तर्गत समूह ‘ए’ मा आयोजक कुवेतसहित जोर्डन र इन्डोनेसियासँग प्रतिस्पर्धा गर्ने भएको छ। चीनमा आयोजना हुने एएफसी एसियन कपका लागि यसअघि नै आयोजक चीनसहित १३ टोली छनोट भइसकेका छन्।

तेस्रो चरणमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ। जसअन्तर्गत प्रत्येक समूहको विजेता र उत्कृष्ट ४ उपविजेता टोलीले पनि एसियन कपमा स्थान बनाउनेछन्। नेपालले जुन ८ मा जोर्डन, जुन ११ मा कुवेत र जुन १४ मा इन्डोनेसियाको सामना गर्नेछ। नेपालले कतार विश्वकप २०२२ को एसियाली छनोटमा पनि कुवेत र जोर्डनसँग प्रतिस्पर्धा गरेको थियो।

नेपालले सबै खेल सेन्ट्रल भेन्यूका रूपमा रहेको कुवेतमा खेल्नेछ।  त्यस्तै समूह ‘बी’ मा मंगोलियासहित यमन र फिलिपिन्स, प्यालेस्टाइन छन् भने समूह ‘सी’ मा उज्वेकिस्तान, श्रीलंका, माल्दिभ्स र थाइल्यान्ड, समूह ‘डी’ मा भारत, कम्बोडिया, अफगानिस्तान र हङकङ, समूह ‘ई’ मा मलेसिया बंगलादेश, तुर्केमिनिस्तान र बहराइन तथा  समूह ‘एफ’ मा किर्गिस्तान, सिंगापुर, म्यानमार र ताजिकिस्तान छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.