|

काठमाडौं : काठमाडौं उपत्यकाका १८ वटा नगरपालिका र विश्व सम्पदामा सूचीमा सुचीकृत सात वटा सम्पदाहरूमा आगामी फागुन १५ गतेदेखि चैत्र ९ गतेसम्म सरसफाइ अभियान सुरु हुने भएको छ। उपत्यका सरसफाइ अभियानले २५ दिने अभियान सञ्चालन हुने जानकारी दिएको छ। 

अभियानका संयोजक राजमान मानवले उपत्यका सरसफाइ अभियानले काठमाडौं उपत्यकामा लामो समयदेखि सरसफाइ गदै आएको बताए। सरसफाइको सुरुवात टोलबाट गरेको र उपत्यका फोहोर बढ्दै गएपछि बाग्मती, मनोहरा, हनुमन्तेलगायतका ठाउँमा सफाई अभियान चलाउँदै आएको उनको भनाई छ। 

‘नेपालको कुनै पनि गाउँपालिका सफा छैनन्, जहाँ–जहाँ मानव बस्ती छ, त्यहाँ फोहोर छ,’उनले भने। नेपालमा आउने पर्यटकमध्ये काठमाडौंमा मात्र ६० प्रतिशत घुम्ने जिकिर गर्दै उनले काठमाडौंलाई सधै सफा राख्नुपर्ने बताए। 

उनले भने,‘बिहान एक टाइम सफा गर्ने, कसैले सफाइको बारेमा अनुगमन पनि नगर्ने यो तरिका परिवर्तन हुन जरुरी छ।’ मैतीदेवी वातावरण संरक्षण अभियानका संयोजक राजेशश्याम मिश्रले उपत्यकाव्यापी सरसफाइ सबैले आ-आफ्नो ठाउँमा रहेर मात्र सम्भव नभएपछि एकीकृत भएर अभियान सञ्चालन गर्न लागेको बताए। 

राज्य सञ्चालन गर्ने नेताहरू दृढताका साथ लागेमा उपत्यकामा फोहोरको समस्या नहुने उनको भनाई छ। सरसफाइ अभियान साढे ७ देखि ९ बजेसम्म सञ्चालन हुने छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.