|

काठमाडौं : नाबालिग गायिकालाई बलात्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई अनुसन्धान गर्न ७ दिनको म्याद थप भएको छ। 

पल आइतबार प्रहरीसमक्ष आफैं उपस्थित भएपछि अदालतबाट ७ दिनको म्याद थप भएको तनहुँ प्रहरीले जनाएको छ। १७ वर्षीया गायिकालाई बलात्कार गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए। पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए। 

पीडितका परिवारले नायक शाहले २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ। त्यस्तै‚ २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ।

जाहेरीमा शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर अपराधमा कडाभन्दा कडा कारबाही गरी कानूनबमोजिम गरी सोही संहिताको दफा २२८ बमोजिम पीडितलाई उचित क्षतिपूर्ति दिलाउन माग गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.