|

जनकपुरधाम : जनकपुर साहित्य महोत्सव, २०७८ बिहीबार जनकपुरधामको जानकी मन्दिरबाट शुरु गरिने भएको छ।

आयोजकले तेस्रो संस्करणको रूपमा हुन लागेको महोत्सवका अधिकांश कार्यक्रम जानकी मन्दिरको प्राङ्गणमा हुने जानकारी गराएका छन्।

जनकपुर साहित्य महोत्सवको उद्घाटन मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले गर्ने बताइएको छ।

तीन दिन चल्ने मिथिला महोत्सव तीनै दिन विभिन्न गीत सहित तथा कला संस्कृति झल्किने सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ।

नयाँ विचारको सृजनाका साथै यो क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने मुख्य उद्देश्य सहित आयोजना गरिँदै आएको जनकपुर साहित्य महोत्सवलाई थप समावेशी बनाउने प्रयास यस पटक भएको आयोजकले बताए।

महोत्सवमा देशका ख्यातिप्राप्त विद्वान, लेखक, साहित्यकार, कलाकार, उद्यमी, राजनीतिज्ञ, राजनीतिक विश्लेषकहरू सहभागी हुने कार्यक्रम छ।

कार्यक्रममा खगेन्द्र संग्रौला, सिकेलाल, गगन थापा, उद्योगपति विनोद चौधरी, अभिनेत्री मनीषा कोइराला, साहित्यकार डा. राजेन्द्र विमल सहभागी हुने कार्यक्रम छ।

महिला, विभिन्न जातजातिका व्यक्तिलाई सहभागी गराएर महोत्सवलाई बढी सहभागितामूलक बनाउने प्रयास भएको आयोजक तथा पत्रकार विपी साहले जानकारी  गराए।

महोत्सवमा समसामयिक विषयमा १२ वटा विभिन्न सत्र हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.