|

टोरन्टो : युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निकै भावुक हुँदै सहयोगको अपिल गरेका छन्। जेलेन्स्कीले मंगलबार क्यानडाका नागरिकलाई उनीहरूको समुदायको बीचमा बम खसेको कल्पना गर्न आग्रह गरे।

उनले क्यानडाको संसद् र सरकारलाई रूसमाथि आर्थिक र सैन्य दबाब दिन आग्रह गरे। जेलेन्स्कीले क्यानडाका प्रधानमन्त्री जस्तिन त्रुदो र सांसदहरूलाई युक्रेनमा उडान निषेधित क्षेत्र बनाउन मद्दत गर्न आग्रह गरे।

उनले भने, 'जस्तिन, तपाईं वा तपाईंका बच्चाहरूले शक्तिशाली विस्फोट, विमानस्थलमा बम आक्रमण, ओटावा विमानस्थल बम विस्फोटको आवाज सुन्नुपर्ने अवस्थाको कल्पना गर्न सक्नुहुन्छ। जब तपाईंलाई दैनिक हताहतीबारे जानकारी प्राप्त गर्नुहुन्छ।' क्यानडाका सांसदहरू उनको सम्बोधनअघि उनलाई उठेर अभिवादन गरे।

जेलेन्स्कीले भने, 'टोरन्टोको प्रख्यात सीएन टावरमा रूसी बम खसालेको अवस्था कस्तो होला, के तपाईं कल्पना गर्न सक्नुहुन्छ? हामीले यस्तै अवस्था भोगिरहेका छौँ। यो हाम्रो वास्तविकता हो।'  उनले क्यानडालाई मानवीय र सैन्य सहयोगका लागि धन्यवाद दिए र बलियो सहयोगी भएको बताए।

जेलेन्स्कीको भिडियो क्यानडाको संसद्‌मा ठूलो पर्दामा प्रस्तुत गरिएको थियो।

युक्रेनमा युद्ध शुरु गरेको भन्दै क्यानडाले रूसमाथि धेरै प्रतिबन्ध लगाएको छ। क्यानडाका प्रधानमन्त्री त्रुदोले १५ रूसी अधिकारीमाथि प्रतिबन्ध लगाएका छन्। यो अवैध युद्धमा यसमा सरकारी र सैन्य उच्च अधिकारी समावेश छन्। त्रुदोले क्यानडाबाट प्रतिबन्धित रूसी व्यक्ति र संस्थाहरूको संख्या ५०० पुगेको जानकारी दिएका छन्।

क्यानडाले युक्रेनलाई समर्थन गरेपछि रूसले पनि त्रुदोसहित क्यानडाका ३०० अधिकारीलाई रूस प्रवेश गर्न प्रतिबन्ध लगाइएको छ। यसमा विदेशमन्त्री मेलानी जोली, रक्षामन्त्री अनिता आनन्द र लगभग सबै सांसद सामेल छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.