|

काठमाडौं : ०७४ सालमा पराजित भएका राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्। तत्कालीन राजपाबाट पराजित भएका सिंहलाई जसपा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले पार्टीमा स्वागत गरेका हुन्।

जसपाबाट निर्वाचित मेयर विजयकुमार सरावगी एमाले प्रवेश गरेको एक साता नबित्दै सिंह जसपा प्रवेश गरेका हुन्। जसपा विभाजनपछि उनले लोसपा रोजेका थिए। 

नेता सिंहलाई पार्टीमा भित्र्याउँदै वीरगञ्जमा जसपा प्रवेशको लहर चलेको संघीय परिषद् अध्यक्ष डा. भट्टराईले बताए। 

उनले ट्वीटमा लेखेका छन्, ‘वीरगञ्जमा जसपा प्रवेशको लहर छ। स्थापित नेता राजेशमान सिंहलगायत हजारौं कार्यकर्ता लोसपा, माओवादी आदि पार्टी परित्याग गरि जसपा प्रवेश। आगामी स्थानीय निर्वाचन जसपाले क्लिन स्विप गर्ने आँकलन र अपेक्षा।’ 

पछिल्लो समाचार  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.