|

काठमाडौं : विश्व कविता दिवस (मार्च २१) को अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य–काव्य) विभागद्वारा विशेष कविगोष्ठीको आयोजना गरिएको छ।

कार्यक्रममा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कविताको सामथ्र्यलाई स्वीकार गरेर यस विषयमा सिर्जना, छलफल र प्रचार गर्न यो दिनको महत्व रहेको बताए। कविता सुनेपछि सबैमा नयाँ ऊर्जा सञ्चारित हुने र कविता लेखनमा नयाँ पुस्ता प्रेरित हुने उनको भनाइ थियो ।

प्रतिष्ठानका सदस्यसचिव प्रा. जगत्प्रसाद उपाध्यायले कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचार–प्रसार गर्ने दिनका रूपमा विश्व कविता दिवस रहेको विचार व्यक्त गरे। 

सन् १९९९ मा पेरिसमा सम्पन्न युनेस्कोको ३०औँ महासभाबाट घोषणा गरिएपछि विश्व कविता दिवस मनाउन थालिएको र नेपालमा सन् २००२ देखि यो दिवस मनाउन थालिएको हो।

कार्यक्रममा ३१ जना कविहरूले कविता वाचन गरेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.