|

काठमाडौं : चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमण सकेर स्वदेश फर्केका छन्। शुक्रबार बेलुकी ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका विदेशमन्त्री वाङ करिब ४८ घण्टा नेपालमा बिताएर आज अपराहन्न स्वदेश फर्किएका हुन्।

उनलाई बिदाइ गर्न परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल लगायतको टोली विमानस्थल पुगेको थियो। भ्रमणको अन्तिम दिन आज वाङले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतसँग शिष्टाचार भेट गरेका थिए।

शनिबार बिहानै शिवपुरीमा हाइकिङ गएर भ्रमणको सुरुवात गरेका उनले प्रधानमन्त्ती एवं कांग्रेस सभापति शेरबहादुर देउवा र समकक्षी नारायण खड्कासँग भेटवार्ता गरेका थिए। त्यसअघि परराष्ट्रमन्त्रीस्तरीय बैठकका क्रममा ९ बुँदे समझदारीपत्रमा हस्ताक्षर भएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.