|

काठमाडौं : काठमाडौंमा जारी तीन देश सम्मिलित त्रिकोणात्मक टी-२० सिरिजमा शुक्रबार मलेसिया र पपुवान्युगिनी (पिएनजी) बिच प्रतिस्पर्धा हुँदै छ। नेपाल भने लगातार तीन खेलमा अपराजित रहँदै फाइनल प्रवेश गरिसकेको छ।                                                                                                                   

शुक्रबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा १२:३० बजे सुरु हुने छ। मलेसिया दोस्रो जित निकाल्ने योजनामा हुँदा २ खेलमा २ अंक जोडेको छ। मलेसिया पीएनजीलाई हराएर फाइनल यात्रा तय गर्न चाहन्छ।​

पीएनजी भने पहिलो जितको खोजीमा हुनेछ। पीएनजीले भने ३ खेलमा अंक विहिन रहेको छ। फाइनल यात्रा कायम राख्न पीएनजीलाई जित्नै पर्ने दबाब रहेको छ। सिरिज अन्तर्गत नै भएको पहिलो भेटमा मलेसियाले पीएनजीलाई ८ रनले हराएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.