|

विराटनगर : प्रथम टी–२० मेयर कप क्रिकेट प्रतियोगितामा राजविराज नगर पालिका र वीरगञ्ज महानगरपालिका विजयी भएका छन्।

विराटनगर महानगरपालिका तथा होराइजन क्रिकेट क्लवको संयोजनमा प्रतियोगिता आयोजना गरिएको हो।

आज भएको पहिलो खेलमा राजविराजले जनकपुरधाम उपमहानगरपालिका र वीरगञ्जले विराटनगर महानगरपालिलाई पराजित गरेको हो।

यस अघि आज खेलेका चारै टिम सेमिफाइनलमा प्रवेश गरिसकेका थिए।

पहिलो खेलमा सप्तरीको राजविराजले जनकपुरलाई ६ रनले पराजित गरेको छ। राजविराज समूह ए को विजेता भएको छ।

टस जितेर ब्याटिङ गरेको राजविराजले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ८१ रनको झिनो स्कोर खडा गरेको थियो।

राजविराजका लागि म्यान अफ द म्याच विकास दासले १४ बलमा २ छक्का र १ चौका प्रहार गरी २३ रन बनाउँदा अमित यादवले १४ रन र अभिशेक कार्कीले १३ रन बनाए।

जनकपुरका हरिशंकर शाहले ३ विकेट लिँदा साइमन रायले २ विकेट लिए।

दोस्रो खेलमा  वीरगञ्जले विराटनगरलाई ५ विकेटले पराजित गरेको छ। जीत पछि वीरगञ्ज 'समूह बी'को विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

टस जितेर ब्याटिङ गरेको विराटनगरले कप्तान सिद्धान्त लोहनीको आक्रामक ब्याटिङले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४५ रनको विशाल स्कोर खडा गरेको थियो।

विराटनगरका लागि लोहनीले २८ बलमा २ छक्का र ४ चौका प्रहार ४५ रन बनाउँदा दिपक पासवानले २८ रन बनाए । वीरगञ्जका लागि  इमरान शेखले ३ विकेट लिँदा भुलवान सहनीले २ विकेट लिए।

प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार ट्रफी तथा उप विजेताले नगद ५१ हजार ट्रफी पाउने छन्।

शुक्रबारको पहिलो सेमिफाइनल विराटनगर र राजविराज तथा दोस्रो सेमिफाइनल खेल जनकपुर र विरगञ्ज वीच हुने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.