|

काठमाडौं : प्रगतिशील लेखक सङ्घको आज सम्पन्न १२ औँ राष्ट्रिय सम्मेलनले डा. मधुसूदन गिरीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गरेको छ।

कमिटीको उपाध्यक्षमा समीर सिंह र नमुना शर्मा, महासचिवमा डा. देवी दुलाल, उपमहासचिवमा बाल मुकुन्द कार्की, सचिवमा दलबहादुर गुरुङ र गिरी प्रसाद बुढा तथा कोषाध्यक्षमा बाबा बस्नेत चयन भएका छन्।

सम्मेलनले ४६ सदस्यीय परिषद् सदस्य चयन गरेको छ।

निर्वाचित पदाधिकारीलाई निवर्तमान अध्यक्ष डा. जीवेन्द्रदेव गिरीले कार्यभार हस्तान्तरण गरे भने निर्वाचन समितिका संयोजक हरिप्रसाद भण्डारीले सपथ दिलाए 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.