|

इन्डियन प्रिमियर लिग (आइपिएल)को जारी संस्करणमा चेन्नई सुपर किंग्सले पहिलो जित निकालेको छ। मंगलबार डिवाई पटिलमा भएको खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २३ रनले पराजित गर्दै पाँचौं खेलमा पहिलो जित निकालेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २१६ रनको उच्च स्कोर तयार गरेको थियो। जवाफमा बैंग्लोर १ सय ९३ रनमा समेटियो।

चेन्नईका लागि सिभम दुबेले विष्फोटक इनिङ खेल्दै टिमको उच्च स्कोरमा सानदार योगदान गरेका थिए। दुबेले ४६ बलमा ९५ रन बनाउँदा रोविन उथप्पाले ८८ रनको योगदान दिए। उथप्पाले दुबेसँग तेस्रो विकेटका लागि १६५ रनको साझेदारी गरेका थिए। त्यस्तै‚ थप दोहोरो स्कोरका रुपमा ऋतुराज गाइकवाडको १७ रन रह्यो।

२१७ रनको विशाल स्कोर पछ्याएको बैंग्लोरले पनि राम्रो प्रदर्शन गरे पनि लक्ष्य पूरा गर्न असफल भयो। कुनै खेलाडीले अर्धशतक पूरा नगरे पनि मध्यक्रम समालिंदा चेन्नईलाई दबाब दिन सफल भएको थियो। उसका लागि सहबाज अहमेदले सर्वाधिक ४१ रन बनाए। त्यस्तै‚ शुस्य प्रभुदेशी र दिनेश कार्थिकले समान ३४-३४ रन बनाउँदा ग्लेन म्याक्सवेलले १२ तथा मोहमद्द सिराजले १४ रन जोडेका थिए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.