|

काठमाडौं :  कवि तथा कथाकार राधा कार्की ‘शाश्वत आकृति’ नामक कवितासङ्ग्रह लिएर आएकी छन्। उनको कवितासङ्ग्रह ‘शाश्वत आकृति’को नयाँ वर्षका दिन राजधानीमा आयोजित कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायलगायत अतिथिले सार्वजनिक गरे।

कृति सार्वजनिक कार्यक्रममा बोल्दै कुलपति उप्रेतीले कवि राधा लगनशील स्रष्टा भएको बताए। कुलपति उप्रेतीले राधाका कविताहरू विषयवस्तु, शिल्प र शैलीका हिसाबले सुन्दर भएको उल्लेख गरे। “राधाजीबाट अझ सुन्दर कविता सिर्जना हुने अपेक्षा गर्न सकिन्छ” उनले भने।

सदस्य सचिव प्रा. उपाध्यायले जीवन र जगतका विविधि पक्षलाई विषय बनाएर लेखिएका राधाका कविताहरूले समाजलाई सकारात्मक सन्देश दिने बताए। राधाका यसअघि लघुकथासङ्ग्रह संवाहक, बालकथासङ्ग्रह पप्पी र पट्टु प्रकाशित छन्। मकालु प्रकाशन गृहबाट प्रकाशित ‘शाश्वत आकृति’मा ५२ ओटा कविता समाविष्ट छन्।                

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.